महेन्द्रनगर । सन् २०२३ को अक्टोबरको दोस्रो हप्ता जब इजरायलमाथि हमासले आकस्मिक हमला ग¥यो, संसार नै स्तब्ध बन्यो । इजरायलको आकाशमा धुवाँ मडारिएको थियो । हावामा बारुदको गन्ध, सडकमा चर्को सायरन, मानिसहरू भूमिगत आश्रयमा दौडिरहेका, अन्दाधुन्ध गोली प्रहार, गोली प्रहारबाट ज्यान गएका समाचारले त्रासको अवस्था थियो ।
तर त्यो त्रास सबैभन्दा गहिरो रूपमा महसुस गरिरहेका थिए त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले । किब्बुट्ज अलुमिममा खेत जोतिरहेका नेपालीहरू अचानक बन्दुकको आवाजले ढले । केही मिनेटमै सबै दिशाबाट गोलीको वर्षा भयो । त्यो दिन हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको शरीर त्यही खेतमै ढल्यो, केही घाइते भए, केही बंकर लुकेर ज्यान जोगाए । त्यो भयावह दृश्यको भिडियो र तस्बिर नेपाल आइपुग्दा देश निनादियो, त्रास र शोकमा डुब्यो ।
नेपालमा पहिलोपटक युद्धकै प्रत्यक्ष चोट नागरिकमाथि परेको अनुभूति भयो । त्यहाँ रहेका नेपालीहरु साकाजिक सञ्जाल मार्फत सरकारसंग त्यहाँबाट उद्धारका लागि हारगुहार गर्न थाले । सरकार कहाँ छ भन्ने प्रश्नले सहरदेखि गाउँसम्म आक्रोश फैलियो । यस्तो त्रासीपूर्ण अवस्थामा तत्कालिन परराष्ट्रमन्त्री एनपी साउँद ले सबैलाई अचम्मित बनाउँदै निर्णय गरे आफु इजरायल जाने । त्यो त युद्धभूमि हो, सुरक्षा छैन भन्दैँ मन्त्री साउँदलाई नजान सुझाव समेत आए तर मन्त्री साउँद मृतक विद्यार्थीहरुको शव उठाउन, घाइतेहरूको उपचार गराउने र स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको उद्धार गर्ने कार्यका लागि इजरायल प्रस्थान गरे । बारुदको धुवाँबीच विमान तेल अविभमा अवतरण भयो ।
त्यो समयसमेत बमबारी भइरहेको अवस्था थियो । आफ्नो ज्यानको प्रवाहा नगरी मन्त्री साउँदले सरकारको नागरिकप्रतिको उत्तरदायित्व तथा अभिभावकिय भूमिका निर्वाह गर्ने आट गरे । इजरायलका हस्पिटलबा बेडमा थलिएका विद्यार्थीहरूले जब आफ्नो देशको मन्त्रीलाई देखे, कोही रोए, कोही उठ्ने कोसिस गरे । त्यो क्षणले युद्धबीच एउटा देशको उपस्थिती महसुस गरायो । त्यसपछि उनले मृतक नेपालीहरूको शव ल्याउने प्रक्रिया सुरु गरे,घाइतेहरूको उपचारमा सहजीकरण गरे, स्वदेश फर्किन चाहाने २ सय ५० जना नेपालीहरुलाई सकुशल नेपाल लिएर फर्किए । त्यसै बीच अर्को पीडादायी खबर आयो नेपाली विद्यार्थी विपिन जोशी हमासद्वारा अपहरणमा परेको ।
साउँदले उनको रिहाइका लागि निरन्तर इजरायल, कतार, इजिप्ट, अमेरिकासम्म सम्पर्क गरेर उद्धारका प्रयास जारी राखे । तर त्यो प्रयास तत्काल सफल भएन । नेपाल फर्किएपछि देशले साउदलाई फरक नजरले हेर्न थाल्यो । सामाजिक सञ्जालमा “पहिलो पटक सरकार देशबाहिरका नागरिकको पीडासँग साक्षात्कार गर्न पुगेको छ ।” भन्दै विदेशमा रहेका नेपालीहरू, छात्र संगठनहरू र आम नागरिकले उनको साहसिक कदमको प्रशंसा गरे ।
सरकारले आफ्ना नागरिकका लागि बन्दुकको छायामै जिम्मेवारी वहन गर्न सक्छ भन्ने विश्वास देशमा जाग्यो । आज पनि अक्टोबर १२ तारिक दुई वर्ष बितिसक्दापनि नेपाली विद्यार्थी विपिनको अझैँ उद्धार हुन सकेको छैन । पूर्वमन्त्री साउँदले १२ अक्टोबरको घटनालाई स्मरण गर्दै लेखेका छन् आजसम्मपनि विपिनको सकुशल उद्धारको आशा जिवितै छ ।
उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ।
सन् २०२३ को अक्टोबर १२ अर्थात्, ठीक दुई वर्ष अघि आजकै दिन परराष्ट्रमन्त्रीको हैसियतले म इजरायलको राजधानी तेल अभिभ गएको थिएँ । इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरू मध्ये हमासको आक्रमणमा परेर १० जनाको मृत्यु भएको थियो । ती विद्यार्थीहरूको शव उठाउने, घाइतेहरूलाई उपचार गराउने र स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको उद्धार गर्ने कार्यका लागि इजरायल गएँको थिए । त्यसैक्रममा, विपिन जोशी हमासद्वारा अपहरित भई गाजामा बन्धक बनाइएको खबरले मलाई खल्लो, उदास, चिन्तित र पीडित बनाएको थियो । आजसम्म पनि विपिनको सकुशल उद्धारको आशा जीवितै छ । मेरो कार्यकालका दौरान मैले इजरायल सरकार, सहजकर्ताको रुपमा रहेको कतार, इजिप्ट, अन्तर्राष्ट्रिय रेडक्रस, संयुक्त राज्य अमेरिकालगायत सरोकारवालासँग विपिनको सुरक्षित उद्धारका लागि बिभिन्न उच्च कुटनैतिक तहमा निरन्तर सम्पर्क, संवाद र बार्ता गरेको थिएँ । त्यस समय घाइते र अन्य नेपाली नागरिकको उद्धार गरी फर्किने क्रममा पनि विपिनलाई साथमा लिएर फर्किन नपाउँदा मन अमिलो र असहज महसुस भएको थियो । म आफ्नो र समस्त नेपालीहरूको तर्फबाट विपिनको सकुशल रिहाइ र सुरक्षित उद्धारको कामना गर्दछु । जय नेपाल !


