आगामी ५ वर्षमा युवा विदेशिनुपर्ने बाध्यता अन्त्य हुन्छ: अर्थमन्त्री डा. वाग्ले

प्रकाशित मिति:

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँच वर्षभित्र युवाहरूले आफ्ना सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य हुने दाबी गरेका छन्। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा. वाग्लेले आगामी वर्षको बजेटमार्फत युवाहरूलाई स्वदेशमै रोजगारी, शिक्षा र पर्याप्त अवसरहरू सिर्जना गर्न नीतिगत जग बसालिएको स्पष्ट पारे। युवा उद्यमीहरूलाई प्रोत्साहित गर्न करमा सहुलियत, पुराना बक्यौताको उल्झनमा रहेका व्यवसायीलाई छुट, र सरकारी सेवाको डिजिटलाइजेसन जस्ता सुशासनका एजेन्डा अघि सारिएको उनको भनाइ थियो। बजेटमा करको दर घटाएर वार्षिक एक लाख रुपैयाँसम्म कमाउने युवाहरूलाई करको झन्झटबाट पूर्ण मुक्ति दिइएको चर्चा गर्दै अर्थमन्त्री डा. वाग्लेले युवाहरूको नवीन र उद्यमशील सोचलाई प्रवर्द्धन गर्ने गरी धेरै कार्यक्रमहरू घोषणा भएकाले यसको अधिकतम फाइदा उठाउन सबैलाई आग्रह गरे।

ताजा समाचार