एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले) को संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ। प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार संविधान पुनरावलोकनका निम्ति एमालेले अघि सार्ने सर्त र मान्यताबारे उक्त बैठकमा छलफल हुनेछ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल संयोजक रहेको सो कार्यदलका सदस्यहरूमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा. राजेन्द्र घिमिरे छन्। बैठकमा संविधान परिमार्जनका सन्दर्भमा पार्टीले लिने रणनीतिक दृष्टिकोणबारे विस्तृत छलफल हुने जनाइएको छ।

ताजा समाचार