महेन्द्रनगरमा सम्पन्न रामयज्ञको आय–व्यय सार्वजनिक, ३ लाख रुपियाँभन्दा बढी घाटा

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा कात्तिक ६ गतेदेखि १९ गतेसम्म सञ्चालित रामयज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। श्री निङ्गलाशैनी जगन्नाथ रामलीला समितिले सार्वजनिक गरेको विवरणअनुसार रामयज्ञ सञ्चालनमा कुल ९ लाख १६ हजार ८०२ रुपियाँ खर्च हुँदा ६ लाख १४ हजार ७ रुपियाँ मात्र आम्दानी भएको छ।

यस हिसाबले रामयज्ञमा आयभन्दा ३ लाख २ हजार ७९५ रुपियाँ बढी खर्च भएको देखिन्छ। समितिले रसिद ठेलीमार्फत ५ लाख ४८ हजार ४५ रुपियाँ सङ्कलन भइसकेको र ६५ हजार ९६२ रुपियाँ अझै उठ्न बाँकी रहेको जनाएको छ। यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषमा ५१ हजार रुपियाँ र श्री निङ्गलाशैनी विकास समाजलाई ११ हजार रुपियाँ सहयोग गरिएको विवरणमा उल्लेख छ।

spot_img

ताजा समाचार