महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै

सन्तोष धानुक/ महेन्द्रनगर, १७ पुष । कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला भलिबल संघ कञ्चनपुरको संयोजनमा तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ् । माघ १४ गते देखि २० गते सम्म महेन्द्रनगरको खुला मञ्चमा सुदूरपश्चिम खेलकुद परिषद् धनगढी कैलालिको आयोजमा उक्त खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतियोगिता सात वटा प्रदेश र तीन विभागीय टिम गरी जम्म १० वटा टिमको सहभागीता रहने भएको छ्, जसमा १५० जना खेलाडी प्रशिक्षक र ब्यबस्थापक रहने छन् भने, अन्य ५० जना निर्णयक तथा स्वयमसेवक टिम रहने भएको छ् । अन्य संघ सस्था का प्रमुख एवम् प्रतिनिधिहरूको समेत उपस्थिति रहने भएको छ् ।

त्यसैगरी सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा उक्त प्रतियोगिता सञ्चालन भइरहेको बताए । उनले भने,”भलिबलका खेलाडी र खेलकुद क्षेत्रको वृद्धि विकासका लागि तेस्रो पटक राष्ट्रिय मुख्यमन्त्री भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताको तयरी तीव्र गतिमा अघि बढायेका छौँ, भलिबल खेल मार्फत समाजका लागि अनुशासित र मर्यादित जनशक्ति उत्पादन गर्दै अब्बल खेलाडी मार्फत राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उदेश्यले उक्त खेल प्रतियोगिता सञ्चालन भइरहेको सदस्य सिंहले बताएका छन् ।”

त्यसैगरी कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनीले जिल्लामा हुने एतिहासिक प्रतियोगिता सफल पार्नका लागि संघले खेल्नु पर्ने सबै भूमिका निर्वाह गर्ने बताए । उनले भने,”तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबलको प्रतियोगिता सम्पन्न गरेर जिल्लाका खेलकुद पर्यटनको समेत प्रवर्द्धन गर्ने मौनीले बताएका छन् ।”

त्यसैगरी प्रतियोगिताको बिजेता टिमलाइ ४ लाख पुरस्कार प्रदान गरिने छ्, उपबिजेतालाई २ लाख, तेस्रो हुँने टिमलाइ १ लाख नगद सहित बिजेता ट्राफि, मेडलका साथै प्रमाणपत्र समेत पर्दान गरिने र सान्त्वना पुरस्कर वाफत चौथो हुँने टिमलाइ ५० हजार नगद पुरस्कर पर्दान गरिने भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले बताएका छन् ।

उनले भने, “प्रतियोगितामा सेमिफाइनल देखी ४ वटा खेलमा ५ हजारका दरले म्यान अफ म्याचको समेत पुरस्करको ब्यवस्था गरिएको छ् भने, उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा विभिन्न उत्कृष्ट ६ वटा बिधामा जनही १०/१० हजारका दरले नगद पुरस्कार प्रदान गर्दै सभ्य भब्य रुपका कार्यक्रम समापन गरिने उनले बताएका छन् ।”

त्यसैगरी प्रदेश खेलकुद परिषद्को आयोजनालाई सुस्त दुरुस्त रूपमा सम्पन्न गर्न प्राबिधिक र मञ्च ब्यवस्थापनको जिम्मा कञ्चनपुर जिल्ला भलिबल संघले गर्ने मौनीले बताएका छन् । भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले राष्ट्रिय स्तरमै भलिबलका खेलाडी कञ्चनपुर र कैलाली सहित सुदूरपश्चिममा उर्वरा भएकोले उक्त प्रतियोगिताले थप उत्साहा बढाउने बताएका छन् ।

ताजा समाचार