विरामीलाई फलफुल वितरण

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

जनसरोकार पोष्ट दैनिक पत्रिकाकाको १२ औँ वार्षिक उत्सवका अवसरमा अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रिकाको १२ औँ वार्षिक उत्सवका अवसरमा महाकाली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको जनसरोकार पोष्ट दैनिकका प्रकाशक राजेन्द्र प्रसाद अवस्थीले बताए । अवस्थी नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव समेत हुन् ।

‘हामीले प्रत्यक वर्ष पत्रिकाको वार्षिक उत्सवमा विभिन्न सामाजिक कार्य गर्दै आएका छौँ ।’ उनले भने ‘यो वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विरामीहरुलाई फलफुल वितरण गरेका हौँ ।’

उक्त फलफुल वितरण कार्यक्रममा महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, मेसु अर्जुन भट्ट लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार