भेषभुषा जगेर्ना गर्न मेचि–महाकाली यात्रामा रहेकी ५५ वर्षिया सुशिलालाई भीमदत्तद्धारा स्वागत

प्रकाशित मिति:

महेन्द्रनगर । कानमा ढुङग्री, नाकमा फुली, गलामा नौ गेडी, कम्मरमा पटुकी, पटुकीसंगैँ खुर्पेटो हसिँया,सहित गुन्यु र चौबन्दी चोलोमा सजिएकी थिइन् झापाकी ५५ वर्षिय सुशिला तिवारी ।

झट्ट हेर्दा कुनै चाडपर्व वा सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएको जस्तै देखिएकी सुशिलालाई आइतवार भीमदत्त नगरपालिकाले स्वागत गरेको छ ।

पछिल्लो समय नेपालीहरु आफ्नो मौलिक कला संस्कृति, भेषभुषा बिर्सर्दै गएको अवस्थामा आफ्ना कला, संस्कृती, मौलिक भेषभुषा जर्गेना गर्नुपर्छ भन्ने संदेश दिन नेपाली मौलिक पोषाक लगाएर मेचि–महाकाली बुलेट बाईक यात्रामा रहेकी सुशिलालाई नगरपालिकामा स्वागत गरिएको हो ।

नेपाली मौलिक पोषाकको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन आफुले नेपाली मौलिक पोषाक लगाएर मेचि–महाकाली बुलेट बाईकको यात्रा गरेको सुशिलाले बताइन् ।

‘पछिल्लो समय हामी हाम्रा कला संस्कृति,भेषभुषा बिर्सदैँ गएको अवस्था छ ।’ भीमदत्त नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भनिन् ‘ नेपाली मौलिक पोषाक लगाएरपनि बाईक चलाउन सकिन्छ । हामीले हाम्रो कला संस्कृति, मौलिक भेषभुषा जोगाउनु पर्छ भन्ने संदेश दिन आफ्नो मौलिक पोषाक लगाएर मेचि देखी महाकाली सम्म बुलेट बाईकको यात्रा गरेकी हु ।’

यस्तै उनले भीमदत्त नगरपालिकोले गरेको स्वातग सम्मानले थप हौसला बढेको भन्दैँ पश्चिमी सीमानाका गड्डाचौकी पुगेर यात्रा समापन गर्ने बताइन् ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिकाका कार्य वाहाक नगरप्रमुख केशव सिंह विष्टले ५५ वर्षिया एउटा महिलाले आफ्नो देशको कला संस्कृति मौलिक भेषभुषा जगेर्ना गर्न गरेको उक्त साहास सबै नेपालीहरुको लागि प्रेरणा हुने बताए । सुशिलाले भदौँ ५ गते झापाबाट उक्त यात्रा शुरु गरेकी थिइन् ।

oplus_2
oplus_34
Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार