महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका – ०९ खल्लामुसेट्टी स्थित सरस्वती माध्यमीक विद्यालयको भवन शिलान्यास गरिएको छ । मंगलवार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विद्यालयको ३ कोठे पक्की भवनको शिलान्यास गरेका हुन् ।
भीमदत्त नगरपालिका र विल्ड अन नेपालको लागत साझेदारीमा तीन कोठे भवन र सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताइएको छ ।
कार्यक्रमा नगर प्रमुख बोगटीले देश विकासका लागि शैक्षिक विकास महत्वपूर्ण भएको बताए । ‘देश विकासका लागि शैक्षिक विकास महत्वपूर्ण छ ।’ उनले भने ‘आवश्यकता र प्राथमिकताका आधारमा विकास तथा काम गर्नुपर्छ । त्यही कुरालाई मध्यनजर गर्दै आवश्यकताका आधारमा यहाँ विद्यालयको भवन निर्माण गर्न थालिएको छ ।’
यस्तै उनले खल्लामसेट्टी क्षेत्रको समग्र विकासका लागि नगरपालिकाले सम्दो प्रायास गरिरहेको र संघ सरकार, प्रदेश सरकारसंग समेत पहलकदमी भइरहेको बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले विद्यालय र सो क्षेत्रको विकासका लागि सद्धैव लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा भीमदत्त नगरपालिका–०९ का वडाध्यक्ष गगन सिंह कार्की, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, बिल्ड अन नेपालका प्रतिनिधिहरु, शिक्षक, कर्मचारी, स्थानिय लगाएतको उपस्थिति रहेको थियो ।