सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुट्ने युवक काठमाडौँबाट पक्राउ

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटेको आरोपमा कैलालीका एक युवक काठमाडौँबाट पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय नीराजन कुँवरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कुँवरसहितको समूहले २०८२ भदौ २५ गते धनगढी–५ स्थित निवासमै पार्किङ गरी राखिएको स्वास्थ्य संकायका डिन डाक्टर होमनाथ जोशीको बा २ झ २८५९ नम्बरको स्कोर्पियो गाडी लुटेका थिए। अदालतबाट चोरी तथा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।

ताजा समाचार