लुम्बिनी सरकारबाट नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै, समर्थन पनि फिर्ता लिने

प्रकाशित मिति:

लुम्बिनी । सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिने भएको छ।एमाले र नेकपाबिच नयाँ सहमति बनेपछि काङ्ग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूको राजीनामा गराउने तयारी गरेको छ।

लुम्बिनी सरकारमा काङ्ग्रेसका तर्फबाट सहरी विकास, आर्थिक मामिला, उद्योग, सामाजिक विकास र वन मन्त्रालय सम्हालेका पाँच जना मन्त्री रहेका छन्।मन्त्री सरोज थापाले आजै राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र काङ्ग्रेस अब संसदमा प्रतिपक्षको भूमिकामा रहने जानकारी दिएका छन्।

ताजा समाचार