धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की २३ वर्षीया पूजा धानुकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान भरत धामीसहित पाँच जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार साँझ धानुक घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
घटनालगत्तै श्रीमान धामीले उनलाई उपचारका लागि नवजीवन अस्पताल पुर्याएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि पूजाका बुवाले श्रीमान भरत धामीसहित परिवारका सदस्यहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका छन्।
सोही उजुरीका आधारमा प्रहरीले श्रीमान धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।




