कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ र ३ को सिमानास्थित तुम्डी खोलाको पुलमुनि लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति एक थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बेवारिसे अवस्थामा भेटिएको उक्त बन्दुक नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




