‘असन्तुष्ट पक्षसँग संवादमा छौँ, असोज १६ मा महाधिवेशन हुन्छ’ : गगन थापा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षसँग आफू निरन्तर संवादमा रहेको बताएका छन्। सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सदस्यता व्यवस्थापन र निर्वाचन समितिका विषयमा खुला छलफल गर्न आफू तयार रहेको स्पष्ट पारे।

असन्तुष्ट नेताहरूसँग संवाद भइरहे पनि समयको चाप रहेकाले महाधिवेशन तोकिएकै समयमा हुने उनले बताए। “हामी संविधान, पार्टीको विधान र विशेष महाधिवेशनको निर्णयले बाँधिएका छौँ, त्यसैले अब समयको सुविधा छैन,” उनले भने।

सभापति थापाले असोज १६ गतेबाट काठमाडौँमा कांग्रेसको केन्द्रीय महाधिवेशन प्रारम्भ हुने घोषणा गर्दै आजैदेखि अधिवेशनको औपचारिक प्रक्रिया सुरु भएको जानकारी दिए। अन्तिम मिति परिवर्तन नहुने गरी कार्यतालिका कार्यान्वयन गरिने उनको भनाइ छ।

ताजा समाचार