ममता काफ्ले प्रकरण : अदालतसमक्ष पति नरेश भट्टद्वारा शव टुक्रा पारेको स्वीकार

प्रकाशित मिति:
spot_img

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले बेपत्ता तथा हत्यासम्बन्धी मुद्दामा अभियुक्त पति नरेश भट्टले अदालतमा बयान दिँदै श्रीमतीको शव टुक्रा पारेको स्वीकार गरेका छन्। मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतसमक्ष बयान दिँदै उनले ममतालाई शयनकक्षमा अचेत अवस्थामा फेला पारेपछि शव व्यवस्थापन गर्न शरीरका विभिन्न भाग अलग्याएको बताएका हुन्।

भट्टले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई भुइँमा अचेत भेटेको र उनको मुख तथा भुइँमा रगत, खानाका टुक्रासहित ‘सेलफोस’ नामक विषादीको अवशेष देखिएको दाबी गरेका छन्। आफूले बचाउने प्रयास असफल भएपछि शव टुक्रा पार्ने निर्णय लिएको र सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको उनले बयान दिएका छन्। त्यसपछि शव बाथरुममा लगेर कोठाको ढोका छेकी आफू छोरीको हेरचाहमा लागेको उनको भनाइ छ।

घरमा रगतका दाग र कपालका टुक्रा अड्किएको विद्युतीय आरा बरामद भएपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा भट्टलाई पक्राउ गरेको थियो। उनीमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र क्षतविक्षत पारेको अभियोग लगाइएको छ। ममताको शव अहिलेसम्म फेला नपरेको यस मुद्दामा नरेशको पछिल्लो बयानसँगै कानुनी सुनुवाइ थप संवेदनशील चरणमा प्रवेश गरेको छ।

spot_img

ताजा समाचार