टीकापुरको ओम कृष्ण अस्पतालको अपरेसन थिएटरमा आगलागी, १० लाख बराबरको क्षति

प्रकाशित मिति:
spot_img

टीकापुर । कैलालीको टीकापुरस्थित एक निजी अस्पतालको अपरेसन थिएटरमा विद्युत् सर्ट भई आगलागी भएको छ। टीकापुर नगरपालिका–१ मा सञ्चालित ओम कृष्ण अस्पतालको अपरेसन थिएटर कक्षमा बिहीबार साँझ उक्त आगलागी भएको हो।

आगलागीबाट थिएटरभित्र रहेका स्वास्थ्य उपकरण तथा सामग्री गरी करिब १० लाख रुपियाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। घटनालगत्तै खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट मानवीय क्षति भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

spot_img

ताजा समाचार