नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, पहिलो दिन धनतेरस मनाइँदै

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ। तिहारको पहिलो दिन आज देशभर धन, समृद्धि र सुखशान्तिको कामना गर्दै धनतेरस पर्व मनाइँदैछ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार धनतेरसका दिन सुन, चाँदी, तामा तथा पित्तलका नयाँ भाँडाकुँडा, गरगहना र सिक्का किनेर घरमा भित्र्याउँदा धनधान्य र समृद्धि प्राप्त हुने जनविश्वास छ। यस दिन भगवान् धन्वन्तरीको पूजाआराधना गर्नेसमेत परम्परा रहेको छ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदैछ। आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु भएकाले आजै धनतेरस मनाउन लागिएको हो। यो तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म कायम रहनेछ।

यस वर्ष त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ। त्यस्तै आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ औँसी तिथिमा लक्ष्मीपूजा गरिनेछ।

spot_img

ताजा समाचार