काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सका खेलाडीहरू खुलेर खेल्न सकेनन्। अनुशासित बलिङ र सशक्त फिल्डिङको बलमा सुदूरपश्चिमले खेल ३९ रनले आफ्नो पक्षमा पारेको हो।

यस जितसँगै जारी लिगमा पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्सले तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान थप मजबुत बनाएको छ। कर्णाली याक्सले भने प्रतियोगितामा दोस्रो हार बेहोरेको छ।







