
कञ्चनपुर – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–६, ग्वानी स्थायी घर भएका १९ वर्षीय अनुप सिंह धामी भारतमा सम्पर्कविहीन भएका छन्।
कामको सिलसिलामा छिमेकी राष्ट्र भारतको कर्नाटकमा बस्दै आएका धामी दीपावलीको अवसरमा नेपाल फर्किने क्रममा रेलबाट खसेर भारतको महाराष्ट्र क्षेत्रमा पुगेको बताइएको छ।
प्राप्त जानकारीअनुसार महाराष्ट्रको एक सार्वजनिक स्थानमा उनी एक्लै घुमिरहेको अवस्थामा स्थानीय सर्वसाधारणले देखेपछि प्रहरी कार्यालयमा बुझाएका थिए। त्यसपछि परिवारजनले सम्बन्धित प्रहरी कार्यालयसँग सम्पर्क गरी बुझ्ने क्रममा उनी उक्त प्रहरी कार्यालयबाट समेत बाहिरिसकेको जानकारी प्राप्त भएको जनाइएको छ। त्यसयता उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।
१९ वर्षीय अनुप सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन्। उनको हालको अवस्था र अवस्थिति अझै पत्ता लाग्न सकेको छैन।
भारतको महाराष्ट्र, कर्नाटक लगायत विभिन्न क्षेत्रमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुप सिंह धामीको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन परिवारजनले हार्दिक अपिल गरेका छन्।
यदि कसैले उनलाई देख्नुभएको छ वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया निम्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराइदिनुहुन अनुरोध छ।
सम्पर्क नम्बरहरू:
- 9767453632
- 976-5903382
- 9868757128
कृपया यो समाचार सकेसम्म धेरै सेयर गरी भारतमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसम्म पुर्याइदिनुहोला।
तपाईंको एउटा सेयर र सानो सहयोगले पनि हराइरहेका अनुपलाई परिवारसँग पुनर्मिलन गराउन ठूलो भूमिका खेल्न सक्छ।






