आफैँ कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका पूर्व मन्त्री एनपी साउँदले गृह जिल्लामा पठाए स्वास्थ्य सामाग्री

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छन् ।

बुधबार पूर्वमन्त्री साउँदले आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् ।

आफैँ कोरोना संक्रमित भई हाल होम आइसोलेसनमा रहेका पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर,शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई हस्तान्त्ररण गरिएको पूर्वमन्त्री साउँदका स्वकीय सचिव जोशीले बताए ।

पूर्वमन्त्री साउँदले २५ थान बेड,२५ थान पङखा,३ हजार माक्स लगाएतका स्वास्थ्य सामाग्री जिल्ला स्थित कृष्णपुर,बेदकोट र शुक्लाफाँटा नगरपालिकालाई हस्तान्त्ररण गरिएको जोशीले बताए ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा विरामीको उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यले पूर्वमन्त्री साउँदले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका जनाइएको छ ।

‘नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद आफु र उनको परिवार कोरोना संक्रमित भएर अहिले होम आइसोलेसनमा बसेका छन् ।’ जोशीले भने ‘यस्तो अवस्थामा पनि उहाँले आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाका जनताको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव नहोस् भनेर यो स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।’

पूर्वमन्त्री साउँदले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेपछि स्थानिय तहले उनलाई धन्यवाद दिएका छन् ।

‘यस्तो महामारीमा आफु विरामी हुदाँपनि पूर्वमन्त्री साउँदले आफ्नो गृह जिल्लाका स्थानिय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको धेरै धन्यवाद दिन चाहन्छौँ ।’शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले भने ।

पूर्वमन्त्री साउँदले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार