महतोले भने– राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध छु, मेरो अभिव्यक्तिलाई गलत अर्थ लगाइयो

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

पछिल्लो अभिव्यक्ति विवादमा परेपछि मन्त्री महतोले शनिवार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई वंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएको बताएका छन् ।

महतोले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र र अखण्ड रहेको प्रसंगलाई आफूले सबैको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताएका छन् ।

ताजा समाचार