भीमदत्तमा आठ वटा खोप केन्द्रमार्फत आजबाट कोरोना खोप लगाउँदै

महेन्द्रनगर २५ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजबाट कोरोनाको खोप लगाउन सुरु गर्ने भएकोछ । नगरपालिकाले संघिय सरकारबाट प्राप्त खोपलाई नगरका आठ स्थानमा रहेको खोप केन्द्रमार्फत मंगलबारबाट नगरवासिलाई लगाउन लागेको हो ।
चिनबाट सहयोग स्वरुप प्राप्त भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन लागिएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ विरुद्धको खोप समन्वय तथा अनुगमन समितिलेको बैठकले जिल्लाभरी पालिकामार्फत खोप लगाउने निणर्य गरेको थियो ।
खोप कार्यक्रम जेठ २५,२६ र २७ गते बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने भीमदत्त नगरपालिका जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले बताउनु भयो उहाँका अनुसार प्राथमिकतामा परेका तर अघिल्लो चरणमा छुटेका अग्रपंङक्तीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पनि खोप दिईने छ । साथै पहिलो चरणको खोप लगाएकाहरुलाई पनि दोस्रो चरणका खोप लगाउने योजना छ ।


नगरपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निरन्तरण काम गरिरहेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले विभिन्न चरणमा नगरवासिलाई कोरोना खोप उपलब्ध गराईने बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले संघ सरकारसँग आवश्यक खोप उपलब्धता र नगरपालिकालाई खरिद अनुमती दिन समेत माग गरिएको बताउनु भयो । उहाँले तोकिएको केन्द्रमा गएर खोप लगाउन समेत लक्षीत वर्गलाई आग्रह गर्नु भएको छ ।


भीमदत्त नगरपालिकाका निम्न स्थानमा विभिन्न वडाका लागि खोप केन्द्र सञ्चालन हुनेछ ।


१. नेपाल परिवार नियोजन संघ(वडा नम्बर ४,१८, र १५)
२. जिमुवा स्वास्थ्य चौकी(वडा नम्बर ८ र १०)
३. शहरी स्वास्थ्य केन्द,्र हल्दुखाल(वडा नम्बर ६ र ७)
४. शहरी स्वास्थ्य केन्द्र, बह्मदेव(वडा नम्बर ९)
५. शहरी स्वास्थ्य केन्द्र, बाराकुण्डा(वडा नम्बर १ र ३)
६. शहरी स्वास्थ्य केन्द्र, बांसखेडा(वडा नम्बर ५,११,१२ र १७)
७. शहरी स्वास्थ्य केन्द्र, बसन्तपुर(वडा नम्बर १३,१४ र १६)
८. शहरी स्वास्थ्य केन्द्र, बागफाँटा(वडा नम्बर २ र १९)


खोप लगाउन आउँदा स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालना गर्न र उमेर खुल्ने नागरिकता तथा अन्य सरकारी कागजपत्र लिएर आउन नगरपालिकाले आग्रह समेत गरेको छ ।

ताजा समाचार