सामाजिक विकास मन्त्रीसहितको टोलीसँग महाकाली अस्पतालमा डाईलासिस सेवा सञ्चालन गर्न छलफल

सामाजिक विकास मन्त्री खड्का भन्छन्: ‘स्वास्थ्य सेवाको विकास र विस्तार उच्च प्राथमिकतामा छ’

महेन्द्रनगर ३१ जेठ । कञचनपुरको महेन्द्रनगरस्थित महाकाली प्रदेशिक अस्पतालमा डाईलाईसिस सेवा सञ्चालन गर्ने छलफल सुरु भएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लाल बहादुर खड्का, पुर्व राज्यमन्त्री प्रकाश रावल, जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ्ग लगायतको टोलीले अस्पताल विकास समिति र चिकित्सकसँग छलफल गरेको हो ।
छलफलमा संघिय सरकारबाट प्राप्त बजेटबाट अस्पतालमा डाईलासिस सेवा सुरु गर्न सबैले जोड दिए । अस्पताल विकास समितिले संघसँगै प्रदेश सरकारको पनि सहयोग रहे डाईलासिस सेवा सुरु गर्न तयार रहेको जनाएको छ । महाकाली अस्पतालमा ५० बेड थप्ने, कम्तिमा १५ बालमैत्री आईसियु सञ्चालन गर्ने, मृगौलाको बिरामीको लागि डाईलासिस सेवा सुरु गर्ने र त्यसका लागि आवश्यक बजेटका लागि मन्त्रालयले व्यवस्थापन गर्ने लगायतको विषयमा छलफल भएको हो ।


अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले चाँडै नै लाईलासिस सेवा स्थापना गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताए । उनका अनुसार डाईलासिस सेवाका लागि प्रदेश सरकारको तर्फबाट सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छन । समय छोटो भएको विनियोजित बजेट फिर्ता हुन नदिन सर्वपक्षीत छलफलबाट काम अगाडी बढाउने योजना रहेको अध्यक्ष जोशीको भनाई छ ।


अक्सीजन प्लान्ट स्थापनाका लागि संघिय सरकारले विनियोजन गरेको चा करोड बजेटलाई रकमान्तर गरि डाईलाईसिस सेवा सञ्चालन गर्न लागिएको हो । महाकाली अस्पतालका प्रमुख डाक्टर हरिकुमार श्रेष्ठले डाईलासिस सेवाका लागि पुर्वाधारसँगै दक्ष जनशक्तीको परिपुर्ती गर्नुपर्ने बताए । उनका अनुसार जिल्लाबाट ठुलो संख्यामा बिरामीले डाईलासिस सेवाका लागि बाहिर जानु परेको छ ।


सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्काले महाकाली प्रादेशिक अस्पताललाई थप व्यवस्थित बनाइने बताए । उनले छलफल कार्यक्रममा महाकाली अस्पताल सुधार हुदैँ गएकोले यसको सेवालाई थप विस्तार र प्रभावकारी बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले अस्पतालको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । साथै प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि अगामी आवको बजेटले विशेष जोड दिएको समेत जानकारी गराए ।
खड्काले मन्त्री भएको एक सातामै अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेका थिए ।

छलफलमा सुदूरपश्चिम सरकारका पूर्व उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले महाकाली अस्पतालको विकासका लागि प्रदेश सरकार सधैं प्राथमिकता दिने बताए । साथै मृगौला लगायतका अन्य अंगको लाईलासिस सेवा अत्याआवश्यक रहेको उनले बताए ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्ग, सुदूरपश्चि सरकारको सामाजिक विकास मन्त्रालयका सचिव खेमराज विष्ट, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागी अस्पतालको विकास, आवश्यक पुर्वाधार तथा डाईलासिस सेवा सुचारु गर्ने सम्बन्धी धारण राखेका थिए ।

ताजा समाचार