खन्या खोलामा पुग्यो प्रदेश सरकार टोली, दिर्घकालिन समस्या समाधानका लागि योजना बनाईने

महेन्द्रनगर ३ असार । जेठको अन्तिम साता र त्यसपछि परेको भारी वर्षाले विभिन्न खहरे खोलाहरुमा बाढी आउन थालेको छ । बाढीले विपदको जोखिम नित्याउन थालेको छ । केहि दिन अघि आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित ३ र ७ मा पर्ने खन्या खोलाले तटबन्ध भत्काउन सुरु गरेको छ ।

तटबन्ध भत्कीन थालेपछि बाढी बस्तीमा पस्ने जोखिम बढेको छ । बाढीको जोखिम उच्च रहेका यस क्षेत्रमा प्रदेश सरकारको टोलि शुक्रबार स्थलगत अनुगमनका लागि पुगेको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका विधायक (दैविक प्रकोप)सभापती नेपालु चौधरीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । सुदूरपश्चिम प्रदेश सरकार राज्यमन्त्री एंवम प्रदेश सभा सदस्य प्रकाश रावल, प्रदेश सभा सदस्य तारा लामा तामाङ, शान्ता नेपाली लगायको टोलिले स्थलगत अनुगमन गरेको हो । टोलीले बाढीले पु¥याएको क्षतीको स्थलगतगत अनुगमनपछि दिर्घकालिन समस्या समाधानका लागि योजना बनाईने जनाएको छ ।


पुर्वराज्यमन्त्री रावलले जनताका लागि विपद्बाट जोगाउन तत्काल काम काम अगाडी बढाईने बताए । उनका अनुसार दैविक प्रकोप समितिमार्फत प्रदेश सरकारलाई आवश्यक योजनासहित प्रतिवेदन पेश गरिनेछ । चुरे भएर बग्ने यस खोलाले तत्लो भेगमा उच्च जोखिम रहेकोकाले दिर्घकालिन व्यवस्थापनमा लागि योजना अगाडि बढाईने उनले बताए ।


दैविक प्रकोप समितिका सभापती नेपालु चौधरीले स्थलगत अनुगमनपछि प्रदेश सरकारलाई प्रतिवदेन पेश गरिने बताए । उनले समितिले प्रदेशका विभिन्न स्थानमा रहेको प्रकोपको जोखिमको अध्ययन गरि आवश्यक योजनाका लागि पहल गरिने बताए ।

नगरपालिकाले तटबन्ध भत्कीन थालेपछि पुनः निर्माण कार्यलाई अगाडी बढाएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले थप क्षती हुन नदीन बाढीलाई नियन्त्रण गर्न नगरपालिकाले आफ्नै श्रोत साधन परिचालन गरि काम गरिहरहेको बताए ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैंरु तामाङ, उपप्रमुख सानू कुमारी बुढथापा, भिमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, जिल्ला प्रहरी प्रमुख उमाकान्त चतुर्बेदी, सशस्त्र प्रहरी शैलेश्वरीगण प्रमुख बिरेन्द्र बहादुर ऐरी, जलश्रोत तथा सिंचाई डिभिजन प्रमुख महादेव बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार