खन्या खोलामा बाढी नियन्त्रणका लागि तटबन्ध पुनः निर्माण गरिदैँ

महेन्द्रनगर ३ असार । महेन्द्रनगर ३ असार । जेठको अन्तिम साता र त्यसपछि परेको भारी वर्षाले विभिन्न खहरे खोलाहरुमा बाढी आउन थालेको छ । बाढीले विपदको जोखिम नित्याउन थालेको छ । केहि दिन अघि आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित ३ र ७ मा पर्ने खन्या खोलाले तटबन्ध भत्काउन सुरु गरेको छ ।

तटबन्ध भत्कीन थालेपछि बाढी बस्तीमा पस्ने जोखिम बढेको छ । सोहि कुरालाई मध्य नजर गदैँ नगरपालिकाले तत्काल तटबन्ध पुनः निर्माण सुरु गरिसकेको छ । नगरपालिकाले बाढीले तटबन्ध भत्कान सुरु गरेकै दिनबाट पुनः निर्माणका लागि कार्यमा जोड दिएको छ । खन्या खोलासँग जोडिएको बस्तीहरुमा बाढीको जोखिम देखिएपछि नगरपालिका तत्काल पुनः निर्माण कार्य सुरु गरेको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।

बाढीले तटबन्धमा क्षती पु¥याए लगतै नगर प्रमुख र उपप्रमुख शुसिला चन्द सिंहसहितको टोलिले स्थलगत अनुगमन गर्नु भएको थियो । अनुगमनपछि नगरपालिकाको श्रोत साधन परिचालन गरि तटबन्ध पुनः निर्माणको भईरहेको छ । मनसुन सुरु भएसँगै नगरवासीलाई सुरक्षीत गर्न बाढी नियन्त्रण आवश्यक भएकाले नगरपालिकाले तत्काल तटबन्धको काम अगाडी बढाएको हो । भीनपा ७ का वडाध्यक्ष शंकर कुवर र वडा नम्बर ३ का वडाध्यक्ष राम बहादुर जप्रेलले निर्माण कार्य प्रत्यक्ष निगरानी गरिरहनु भएको छ ।

भीमदत्त नगरपालिकाकी उप प्रमुख शुसिला चन्द सिंहले जनताको जीवन रक्षाका लागि नगरपालिका अग्रपङ्तीमा रहेर काम गरिरहेको बताउनु भयो । उहाँले बाढी लगतै नगरपालिकाले खन्या खोलामा तटबन्ध पुनः निर्माण गरिहरेको बताउँदै खोला पुरिएर समस्या भएको जानकारी गराए ।

उहाँका अनुसार नगरपालिकाले प्राविधिक अध्ययनपछि खोलाको मध्य भागबाट ग्राभिल उठाउने योजना बनाएको थियो तर केहि स्थानीयको अवरोध गरेपछि ग्राभिल उठाउन सकिएन् । अहिले त्यही ग्राभिलले खोला पुरिएपछि बाढी बस्ती पस्ने जोखिब बढेको छ । नगरपालिकाले तटबन्ध पुन निर्माणसँगै एस्काभेटर प्रयोग गरि खोलाको डाईभर्सन परिर्वतनको काम गरिरहेको छ ।

ताजा समाचार