निड्स नेपालद्धारा कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

महेन्द्रनगर ६ असार ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई निड्स नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आईतबार एक कार्यक्रमकाबिच संस्थाकी अध्यक्ष अञ्जु जोशी भट्टले नगर प्रमुख कर्ण बहादुर हमाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिन् ।


निड्स नेपाल र केयर नेपालको साझेदारी सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्र्तगत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । निड्स नेपालका कार्यक्रम संयोजक केशब मलासीले नगरपालिकालाई कोरोना अस्पतालका लागि आवश्यक सहयोग पुग्ने गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए ।

उनका अनुसार हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री अस्पताल वेड, सेनिटाईजर, अक्सीजन पल्स मिटर, मास्क, एन्टीजेन किट, भिटिएम लगायतका स्वास्थ्य सामाग्री रहेका छन् । स्वास्थ्य सामाग्रीले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


नगर प्रमुख हमालले स्वास्थ्य समाग्री सहयोग गरेकोमा निड्स नेपाललाई धन्यवाद दिए । उनले नगरपालिकाले १५ वेडको कोरोना आईशोलेसन सञ्चालन गरेको बताउँदै ‘नगरपालिकाले ओशोलेसनमा थप वेड थप्ने योजना बनाएको छ ।’ उनले भने ‘कोरोना संक्रमितको उपचारसँगसँगै रोकथाम र नियन्त्रण कार्य प्राथमिकताका साथ काम भईरहेको छ ।’


त्यस्तै निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले कोरोना महामारीको बेला संस्थाले स्वास्थ्य संस्था, स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण कार्य हुदैँ आएको बताईन् । उनले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न दातृ निकायहरुसँगको सहकार्यमा कार्यक्रम सञ्चालन भईरहेको बताईन् ।

महाकाली अस्पताललाई पनि स्वास्थ्य सामाग्री सहयोग


त्यस्तै निड्स नेपालले आईतबार नै महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री संस्थाकी अध्यक्ष अञ्जु जोशी भट्टले महाकाली अस्पताल विकास समितिका अध्यक्ष कष्णदत्त जोशी(बोक्सर), अस्पतालका प्रमुख डाक्टर हरि कुमार श्रेष्ठलाई हस्तान्तरण गरिन ।

यस अघि पनि निड्सले अस्पताललाई अक्सीजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्रि सहयोग गरेको थियो । स्वास्थ्य सामाग्री ग्रहण गदैँ अध्यक्ष जोशीले सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

ताजा समाचार