मेलौलीमा विद्युतीकरणका माग राख्दैँ वडा सदस्यसहित स्थानीय आमरण अनसनमा


महेन्द्रनगर १४ असार ।
बैतडीको मेलौली नगरपालिकामा विद्युतीकरणको माग राख्दैँ स्थानीय आमरण अनसनमा बसेका छन् । बिजुली नहुदाँ जनजीवन प्रभावित बनेकाले नगरभरिमा विद्युत जडानको मागसहित स्थानीय आमरण अनसनमा बसेका हुन् ।
आमरण अनसन बस्नेमा मेलौली नगरपालिका–९ का भीमदत्त भट्ट र बम बहादुर चन्द रहेका छन् । भट्ट वडा सदस्य हुन भने चन्द स्थानीय समाज सेवि हुन् ।


मेलौलीका स्थानीय युवा जोगेन्द्र बहादुर चन्दले गाउँमा राष्ट्रिय प्रशारण लाईनबाट विद्युत जडान गर्न स्थानीयको माग रहेको बताए । उनका अनुसार हालसम्म नगरमा विद्युत जडानमा नगरिदाँ स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । माग सम्बोधन नभएसम्म आमरण अनसन जारी रहने उनको भनाई छ ।


गाउँ नै अन्धकार भएपछि जनजीवन प्रभावित हुनुका साथै जंगली जनावरणबाट समेत स्थानीय त्रसित बनेका छन् । चितुवाको आंतक समेत रहेको यस क्षेत्रमा विद्युत नहुदाँ स्थानीयले झनै समस्या खेप्नुपरेको छ । अनसनमा रहेका वडा सदस्य भट्टले आफुहरुको माग सम्बोधन भएसम्म अनसन जारी रहने बताए ।

विद्युतका लागि सम्झौता गरिएको ठेकेदार पक्षलाई तत्काल झिकाएर काम सुरु गर्नपर्ने उनले बताए । साथै विद्युतीकरणमा ढिलाई गर्ने ठेकेदारलाई कारर्वाहीसहित स्थानीयको जिउ ज्यानको सुरक्षाका लागि समेत उनिहरुले माग गरेका छन् ।


मेलौली नगरपालिका नगर प्रमुख कृष्ण सिंह नायकले ठेकेदारको लापर्वाहीका कारण विद्युतीकरणमा समस्या भएको बताए । उनका अनुसार नगरपालिका भरीमा विद्युतीकरणका लागि ए.के. अग्रवालको कम्पनीसँगै सम्झौता भएपछि उसले काम गरेको छैन् ।


क्षेत्रीय विद्युत प्राधिकरण अत्तरियाले करिब १२ करोड लगतमा सवस्टेसन राखेर नगरभरीमा विद्युतीकरण गर्न २०७६ सालमा ठेक्का सम्झौता गरेको थियो । साथै ठेकेदारलाई तोकेता गर्न जिल्ला प्राधिकरण र क्षेत्रीय प्राधिकरणसँग आग्रह गरि सकिएको उनको भनाई छ ।

ताजा समाचार