माओवादीले हटाएका चार नेता सांसद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा

काठमाडौं –नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चारनेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च पुगेर उनीहरुले रिट दायर गरेका हुन्।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए।

ताजा समाचार