महामारीकैबिच भारत जाने नेपालीको सीमानाकामा लर्को

काठमाडौंः रोजगारीका लागि भारत जानेहरुको सीमानाकामा फेरि लर्को लाग्न थालेको छ। अहिले कोरोनाको तेस्रो लहर फैलिन सक्ने प्रक्षेपण भइरहेको छ। यही समयमा नेपालबाट दैनिक नेपालीहरू भारत पस्न थालेका छन्।

अझैं सुदूरपश्चिमको गौरा पर्व र बडादशैंका बेला यी सबै नेपाली हुल बाँधेर स्वदेश फर्किनेछन्। कोरोनाको जोखिम कायमै रहेका बेला यसरी नेपालीले भारत जानु र गौरा, दशैं–तिहारका लागि एकै पटक फर्किनुले अर्को लहर फैलिने सम्भावना रहेको चिकित्सक बताउँछन्।

पछिल्ला केही दिनयता कोरोना संक्रमण बढ्दो क्रममा छ। बुधबार ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो भने कोरनाबाट ३३ जनाले ज्यान गुमाएका थिए।

बुधबारको तथ्यांक हेर्दा हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ रहेको छ । होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्। अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू)मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।

ताजा समाचार