कञ्चनपुरमा भुमी आयोग विघटनका विरुद्ध एमालेका जनवर्गीय संगठनद्धारा विरोध प्रदर्शन

महेन्द्रनगर ३१ साउन ।
सरकारले खारेज गरेको भुमी सम्बन्धी समस्या समाधान आयोग विघटनबारे कञ्चनपुरमा विरोध जनार्ईएको छ । देशव्यापी रुपमा भईरहेको आयोग विघटनको विरोध कञ्चनपुरमा पनि गरिएको हो ।


नेकपा एमालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको आयोग विघटनको निणर्यप्रति विरोध जनाएका छन । आईतबार पार्टी कार्यालय हुदैँ महेन्द्र बजार क्षेत्रमा विरोध ¥यालीसहित प्रदर्शन गरिएको थियो ।


तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृृत्वको सरकारले भुमी सम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेको थियो ।


विरोध ¥यालीपछि मदन चोकमा भएको कोण सभामा विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गरेको थिए । उनिहरुले वषौँदेखिको भुमी सम्बन्धी समाधान हुन लागेको बेला वर्तमान सरकारले आयोग विघटन गरेकोप्रति आपत्ती जनाएको थिए ।

साथै उनिहरुले तत्काल निर्णय पुर्नविचार नगरिए थप आन्दोलन गर्ने चेतावती समेत दिएका छन् ।
एमाले कञ्चनपुरले पार्टीलाई गतिशिल बनाउन जनवर्गीय संगठन परिचालन गर्ने निणर्य अघिल्लो बैठकमा गरेको थियो ।

ताजा समाचार