सत्तापक्षबाटै भीमदत्त नगरपालिकामा ढुङ्गामुढासहित तोडफोड


महेन्द्रनगर ४ भदौ । केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । सार्वजनिक सम्पतिको संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भएपछि कञ्चनपुरमा भने सत्ता पक्षले नै सरकारी सम्पतीमा तोडफोड र क्षती पु¥याएको छ ।


कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्ता पक्ष पार्टीकै नेताकर्ताबाट ढुङ्गामुढासहित तोडफोड गरिएको छ ।
नेपाल शिक्षक संघले गर्दै आएको शान्तीपुर्ण आन्दोलनका कांग्रेशले भातृ संगठन परिचालन गरेका पछि आन्दोलन उग्र बनेको थियो ।

ढुङ्गामुढा र सिसा प्रहारपछि भौतिक संरचना क्षती पुगेको नगरपालिकाले जनाएको छ । नगर प्रवत्ता हिमाल चन्दले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक संघको नाममा नगरपालिका कार्यालयमा तोडफोड, ढुङ्गामुढा प्रहार, सिसाका बोतल प्रहार गरि नगरपालिकाको सम्पतिमा क्षती पु¥याईएको उल्लेख छ ।

साथै जारी विज्ञप्तीमा वार्ता र संवादमार्फत माग सम्बोधनका लागि तालाबन्दी खोल्न आग्रह गरेपनि शिक्षक संघले नमानेको जनाईएको छ ।
नगरपालिकाले आन्दोलनका नाममा आराजकता फैलाउने कार्यप्रति गम्भीर ध्यानार्कषण भएको जनाउँदै दोसिमाथि कारर्वाही गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

काँग्रेस कार्यकर्ताले शिक्षक संघको धर्नामा ऐक्यवद्धता जनाउँदै नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीसित झडप भएको थियो । नगरपालिका कार्यालयमा सुरक्षाकर्मीसित झडप भएपछि उनीहरुले कार्यालय बाहिरबाट ढुङ्गा र सिसा प्रहार गरेक थिए ।

ताजा समाचार