टिकापुर घटनाको ६ वर्षः विद्रोह दिवस मनाउँदै मोर्चा

धनगढी । कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा आठ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ ।

२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्र प्रहरीका दुई र एक बालक सहित आठ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।

यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदका छोरा हुन ।

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम अन्तरगत उनीहरु टिकापुर तर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरी माथि आक्रमण भएको थियो ।

आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगारमा कारावस जीवन बिताइरहेका छन ।

घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिबेदन पेश नगरेको भन्दै थरुहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउँदै आएका छन ।

यस्तै थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ । मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म ¥यालीसहित कार्यक्रमको आयोजना गरि टीकापुर बिद्रोह दिवस मनाउने जनाएको हो ।

यस्तै ८ गते साँझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने ९ब्ल्याक आउट० मोर्चाका संयोजक लक्ष्मण थारूले जानकारी दिनुभयो

ताजा समाचार