भीमदत्त नगरमा वाईसियल ब्यूँतियो, संगठनको लक्ष्य भन्दा बढि सदस्यता वितरण

मदन नेपाली
कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिक९वाईसियल० नेपाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा ब्यूँतिएको छ । चार बर्ष अघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएसंगै नेकपा पार्टी निर्माण भएपछि राष्ट्रिय युवा संघ विस्तार भएको थियो ।

दुवै पार्टीका पार्टी संरचना एव साँगठानिक संरचना नभएको सन्र्दभमा वाईसियल चर्चामा थिएन । फेरी ०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलाले दुवै पार्टीलाई अलग अलग मान्यता दिएसंगै नेकपा माओवादी केन्द्र निकट वाईसियल नेपालले देशभरी संगठन विस्तार गरिरहेको छ ।

वाईसियलले हरेक निर्वाचन क्षेत्रमा एक हजार वाईसियल सदस्यता बनाउने लक्ष्य अनुरुप कञ्चनपुरको भीमदत्त नगरका समेत संगठन विस्तार भईरहेको छ ।

भीमदत्त नगरका वाईसियल ब्यूतिएसंगै संगठनको लक्ष्य भन्दा बढि सदस्यता वितरण गरिएको छ । ‘संगठनले एक निर्वाचन क्षेत्रमा एक हजार वाईसियल सदस्य वितरणको लक्ष्य लिएको छ, ‘वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले भने, ‘हामीले भीमदत्त नगरका ११ वडामा झण्डै ८ सय सदस्यता वितरण गरिसकेका छौँ बाँकी ८ वडामा सदस्यता वितरण गर्न बाँकी छ ।’

वाईसियल भीमदत्त नगरका इन्चार्ज थापाले आफुले जिल्लाकै नेतृत्व पाए कञ्चनपुरमा १० हजार वाईसियल सदस्य बनाउने प्रतिबद्धता जाहेर गरे । ‘देश र समाजको विकासका लागि भन्दै म राजनीतिमा होमिसकेको छु, ‘उनले भने, ‘मैले कञ्चनपुरकै नेतृत्व पाए जिल्लाभरी युद्धस्तरमा काम गर्छु ।’

वाईसियल भीमदत्त नगरका अध्यक्ष बलराम एसकेले भीमदत्त नगरका ८ नम्बर वडाबाट संगठन विस्तार तथा सदस्यता वितरण अभियान अन्र्तरगत हालसम्म २, ५, ७, ८, १०, ११, १२, १३, १४, १६, १८वडामा वाईसियलले सदस्यता वितरण गरिसकेको बताए ।

‘अब राष्ट्रिय भेला पछि थप बाँकी वडाहरुमा सदस्यता वितरण गछौँ, ‘उनले भने, ‘भीमदत्त नगरका सबै वडामा डेढ हजार भन्दा बढि सदस्यता वितरण गछौँ ।’ वाईसियल कञ्चनपुरले जिल्लामा वाईसियल ब्यूँताएर विकृती, विसङगत, गैर कानुनी गतिबिधी, राजस्व छली, चोरी तस्करी एव भ्रष्टाचार बिरुद्धमा अभियान संचालन गरेर पार्टीको अघि सारेको भ्रष्टाचार रहित समाज निर्माणका लागि भूमिका निर्वाह गरिने जनाएको छ ।

ताजा समाचार