वडा अधिवेशन पार्टीलाई कस्तो नेतृत्व दिने भनेर क्रियाशिल सदस्यले निर्णय गर्ने मुल ठाउँ होः गगन थापा

महेन्द्रनगर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले वडा अधिवेशन पार्टीलाई कुन बाटो हिडाउँने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशिल सदस्यले निर्णय गर्ने मुल ठाउँ भएकोले उत्साहपूर्वक उक्त प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई अनुरोध गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । यही सन्दर्भ पारेर नेता थापाले आफ्नो फेशबुक मार्फत क्रियाशिल सदस्यलाई उक्त संदेश दिएका हुन् ।

उनले लेखेका छन् – ‘नेपाली काँग्रेसको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ।वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो ।सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु ।’

ताजा समाचार