कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने

काठमाडौँ– महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शुक्रबार टुङ्ग्याउने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदसयता विवाद शुक्रबार टुङ्ग्याउने सहमति गरेको सहमहामन्त्री डा। प्रकाशसरण महतले जानकारी दिए ।

पदाधिकारी बैठकपछि बैठकबारे जानकारी दिँदै उनले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन हुनेसमेत जानकारी दिए । उनले क्रियाशील सदस्यताका कारण वडा अधिवेशन हुन नसकेको जिल्लाको वडा अधिवेशनबारे निर्णय भने नभएको उनले बताए । उनले क्रियाशील सदस्यता टुङ्गिएपछि आवश्यकता अनुसार निर्वाचन समितिले वडा अधिवेशनको मिति तोक्ने जनाए ।

महाधिवेशन तोकिएको मितिमा नहुने सम्भावना बढिरहेका बेला महाधिवेशनको कार्यतालिका परिवर्तन हुनसक्ने महामन्त्री डा। महतले बताए । उनले भने, ‘दशैँ अगाडि १८ वटा हिमाली जिल्लाकोमात्र अधिवेशन सम्पन्न गर्ने कुरा भएको छ । बाँकी जिल्लाको अधिवेशन दशैँ–तिहारपछि जाने देखिएको छ । यसले कहाँ कति प्रभाव पर्छ, कति समय आवश्यक हुन्छ । सोही अनुसार मिति परिवर्तन हुन्छ ।’

असोज ५ सम्म देशका सम्पूर्ण वडाको वडा अधिवेशन सक्नुपर्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन भएको छैन ।

जसका कारण असोज ९ गते शनिबार ७५३ वटै स्थानीय तहको अधिवेशन पनि नहुने भएको छ । ती १३ जिल्लाको वडा अधिवेशन कहिले हुन्छ भन्ने टुङ्गो नभएकाले बाँकी स्थानीय तह अधिवेशनको पनि मिति निश्चित छैन । जसका कारण प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशनको मिति परिवर्तन हुने सम्भावना बढेको छ । खबरहव

ताजा समाचार