प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताका संवाहक भएको आरोप लगाउनु भएको छ ।

आज आयोजित मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै ओलीले नेपालमा अस्थिरता मच्चाउन खोज्ने नियन्त्रित शक्ति रहेको र त्यसको संवाहक प्रचण्ड र नेपाल भएको आरोप लगाउनु भयो ।

‘ओलीले भन्नुभयो, नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’

ताजा समाचार