कञ्चनपुरः सांसद दिपक प्रकाश भट्टले २ प्रतिशत कामपनि गर्नु भएको छैनः नेता महर

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. दिपक प्रकाश भट्टले २ प्रतिशत काम समेत नगरेको आरोप लगाएका छन् ।

काँग्रेसको ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार जिल्लाको दोधारा चाँदनीमा आयोजित कार्यक्रमलाई सम्बोदन गर्दै नेता महरले त्यसो भनेका हुन् ।

‘यस क्षेत्रबाट नेता रमेश लेखलाई हराएर निर्वाचित भएका दिपक भट्टले आफ्नो घोषणा पत्रमा वाचा गरेकामध्ये २ प्रतिशत काम समेत गर्नु भएको छैन ।’ नेता महरले भने ‘यदि सांसद भट्टले २ प्रतिशत काम गरेको छु भनेर प्रमाण देखाउनु हुन्छ भने म टेवलमा डिवेट गर्न तयार छु ।’

ताजा समाचार