भोली सर्वोदय शान्ती पदयात्रा भारत प्रवेश गर्ने

महेन्द्रनगर । अन्तराष्ट्रिय मानव संघका संस्थापक जैन सादु नेपाल केशरी डा. मणिभद्र मुनि महाराजको सर्वोदय शान्ति पदयात्रा कञ्चनपुरको गड्डाचौकीबाट भोली(शुक्रबार) भारत प्रवेश गर्ने भएको छ ।

मेचीबाट पैदलयात्रा गरेर नेपाल प्रवेश गरेका डा. मणिभद्र महाराज र विराज मुनीजी महाराज झन्डै २ वर्ष सम्म नेपालका विभिन्न जिल्लाहरुको पदयात्रा गर्दै विहिबार पश्चिमी सीमानाका गड्डाचौकी पुगेका छन् ।

शान्ती र अहिंसाको कामना गर्दै र मानिसलाई धर्मको संदेश दिदैँ थालिएको पदयात्रा भोली (शुक्रबार) भारत प्रवेश गर्ने डा. मणिभद्र महाराजले बताए । उनकाअनुसार भोली साढे १२ बजे हामी भारत प्रवेश गर्छौ र भारतको खटिमा,सितारगञ्ज,नैनताल,कासीपुर र हस्तिनापुर हुदैँ दिल्ली सम्म जाने योजना छ ।

शुक्रबार विश्व हिन्दु महासंघले गड्डाचौकीमा सर्वोदय शान्ती पदयात्राको नेपालबाट विदाई र भारत प्रवेशकालागि भव्य कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार सर्वोदय शान्ती पदयात्राको नेपालबाट विदाई र भारत प्रवेशका लागि विश्व हिन्दु महासंघले गड्डाचौकीमा कार्यक्रम गर्ने विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष जोत्सना साउँदले बताइन् ।

उनकाअनुसार महाराजको सर्वोदय शान्ती पदयात्रा भोली भारत प्रवेश गर्ने भएकोले उहाँलाई भारतका विशिष्ट व्यक्तिले स्वागत र नेपालका विशिष्ट व्यक्तिले विदाई गर्ने छन् ।

डा. मणिभद्र महाराज आजिवन पदयात्री हुन् । ‘हामी आजिवन पदयात्री हौँ ।’ डा. मणिभद्र महाराजले भने ‘हामी कहिल्यै पनि सवारी साधनको प्रयोग गर्दैनौँ । अहिले नेपालमा सवारी साधनको प्रयोग नगर्ने सादु १४ हजार छन् ।’ उनले अगाडी थपे ‘मैले दिक्षा(घर परिवार सबै त्यागेको) लिएको ३८ वर्ष भइसक्यो र अहिले सम्म ८५ हजार किलोमिट पदयात्रा गरिसकेको छु ।’ उनिहरु कुनैपनि ठाउँमा ४ महिना भन्दा बढि बस्दैँनन् ।

ताजा समाचार