अर्थमन्त्रीको राजीनामाबारे निर्णय हुन्छः प्रचण्ड

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन् ।

बिहीवार धनगढी विमानस्थलमा प्रत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो डिशिजन लिएको भन्ने कुरा पनि प्रष्ट भएको छ। १३ गते अदालतले दुवैलाई बोलाएको छ। त्यसपछि मात्र वास्तमा के भएको हो भन्न सकिन्छ । अहिलै सकिदैन ।’

४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको छ। सर्वोच अदालतले गर्भनर अधिकारी र सरकारी पक्षलाई १३ गते अदालतमा बोलाएको छ।

उनले वैशाख ३० गते नै निर्वाचन हुने बताएका छन्। ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए। हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ। अब त केही कन्फूज छैन होला।’ उनले भने।

गौरीगंगामा आयोजना हुने कार्यक्रममा सम्बोधनका लागि प्रचण्ड कैलाली पुगेका छन्। जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी ुकुन्दनु माओवादी केन्द्रमा फिर्ता भएपछि पहिलोपटक गौरीगंगामा माओवादी केन्द्रले कार्यक्रम गर्न लागेको हो।

ताजा समाचार