कञ्चनपुरमा माओवादी र समाजवादी बिचपनि तालमेल नहुने संकेत,पुनः धनगढीमा छलफल हुदैँ

महेन्द्रनगर । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सत्ता गठबन्दनका दलहरुबिच कुरा नमिल्दा कञ्चनपुरमा गठबन्धन भत्किएको छ ।

जिल्लामा नेपाली काँग्रेस,नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी बिच स्थानिय तहमा भागबण्डा नमिल्दा गठबन्धनबाट काँग्रेस बाहिएको छ । गठबन्धनबाट काँग्रेस बाहिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बिच चुनावमा तालमेल गर्ने सहमती भएको थियो ।

यद्यपी अहिले पुनः भागबण्डा नमिलेको भन्दै दुइ दलबिच छलफल भइरहेको नेकपा माओवादी केन्द्र कञ्चनपुरका सचिव सहविर सुनारले बताए ।

‘काँग्रेस गठबन्धनबाट बाहिरिए पछि माओवादी केन्द्र र समाजवादी विच चुनावी तालमेल गर्ने सहमती भएको थियो । र पालीकाको भागबण्डा पनि भइसकेको थियो । दुबैदलका नेताले हस्ताक्षरपनि गर्नु भएको थियो ।’ सचिव सुनारले भने ‘तर अहिले फेरी समाजवादीले आफुलाई वडा र पालीकामा प्रमुख,उपप्रमुख कम भएको भनेपछि पुनः दुईदल बिच छलफल भइरहेको छ ।’

उनकाअनुसार कञ्चनपुरका ९ पालिकामध्ये ५ स्थानीय तहको नेतृत्व माओवादी केन्द्र र ४ स्थानीय तहको प्रमुख एकीकृत समाजवादीले पाउनेगरिे सहमती भएको थियो । माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख र एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाउने गरि दुई दलबिच सहमती भएको थियो ।

तर अहिले दुईदल बिचपनि तालमेल नहुने संकेत देखिएको छ ।

यद्यपी समाजवादीले आफुले वडा र पालिका उपप्रमुख कम पाएको भनेपछि पुनः धनगढीमा दलहरुविच छलफल भइरहेको सचिव सुनारले बताए ।

केही समय पहिले दुई दलबिच यस्तो सहमती भएको थियो

ताजा समाचार