काँग्रेसले हावा गफ दिएर भोट माग्दैनः केन्द्रिय सदस्य लेखक


महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले नेपाली काँग्रेसले हावा आश्वासन,गफ दिएर भोट नमाग्ने बताएका छन् ।

विहिबार भीनपा–१ मा घरदैलो अभियानमा नेता लेखकले त्यसो भनेका हुन् । ‘नेपाली काँग्रेस केपी ओली,कम्युनिष्ट जस्तो हावा आश्वासन,गफ दिएर जनतासंग भोट माग्दैन ।’ उनले भने ‘ ओली कमरेडले भन्नुहुन्थ्यो घरघरमा ग्यास पाइप पु¥याउछौँ,पानी जहाज ल्याउछौँ,चाइनाबाट रेल ल्याउछौँ भनेर, खै ? कहाँ छन् रेल,पानीजहाज,ग्यास पाइप ।’

उनले अगाडी थपे ‘ त्यसैले काँग्रेस काम गर्छ । र काम गरेको आधारमा मात्र भोट माग्छ ।’ त्यस्तै उनले भीमदत्तमा काँग्रेसको सरकार आएपछि भीमदत्त नगरपालिका–१ स्थित बैजनाथ मन्दिर,मणिदिप,बाह्कुण्डाको आवश्यक व्यवस्थापन र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने स्थानिय संग प्रतिवद्धता जनाए ।

यस्तै राजिपुरका भूमिहिन,सुकुम्वासीलाई आवश्यक व्यवस्था तथा जग्गा उपलब्ध गराउने बताए । यस्तै कार्यक्रममा आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा टिकट नपाएका,पार्टीबाट अन्यायमा परेका नेता कार्यकर्तालाई निर्वाचन पछि सबैको मुल्याङकन हुने नेता लेखकले बताए । ‘ धेरै साथीहरु विभिन्न पदका लागि आकांक्षी हुनुहुन्थ्यो ।’ उनले भने ‘ केही साथीहरुमाथी अन्याय पनि भएको छ । त्यसको मुल्याङकन निर्वाचनपछि पार्टीले गर्नेछ । त्यसैले अहिले नेपाली काँग्रेसलाई जिताउन सबै लाग्नुहोस् ।’

ताजा समाचार