बेदकोटमा काँग्रेसको अग्रता कायमै,कसले कती मत पाए ?

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाको मेयर उपमेयरमा नेपाली काँग्रेसका उम्मेद्धवारले अग्रता कायमै राखेका छन् । बेदकोटमा ५१५६ मत गणना हुदाँ मेयरमा काँग्रेसका भोजराज बोहराले १८३८ मत प्राप्त गरेका छन् ।

एमालेका सुशिला सिंहले १२९३,नेकपा एकिकृत समाजवादीका रामचन्द्र रेग्मीले १०१४ मत प्राप्त गरेका छन् । यस्तै बेदकोटमा राप्रपाबाट मेयरका उम्मेद्धवार बम बहादुर बमले २२८ र राष्ट्रिय जनमोर्चाका उम्मेद्धवारले २९ मत पाएका छन् ।

उप–मेयरमापनि काँगे्रेसले अग्रता कायमै राखेको छ । उप–मेयरमा काँग्रेसका तुलसी देवी जोशीले १६४७, एमालेका पार्वती भट्टले १५४४,माओवादीका हीरा जैसीले ६८३,राप्रपाका माधवी चन्दले ३४५ र राष्ट्रिय जनमोर्चाले ४ मत प्राप्त गरेका छन् ।

ताजा समाचार