एमालेको भन्दा १०६ बढी पालिकामा काँग्रेसका उम्मेदवार विजय

महेन्द्रनगर । निर्वाचन आयोगले गत बैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । त्यस अनुसार हाल सम्म ६३५ पालिकाको मत गणना भएको छ ।

मत गणना सकिएका स्थानीय तह मध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजय बनेका छन् ।

एमालेले हालसम्म १७७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । आयोगका अनुसार मतगणना भइरहेको पालिकमध्ये हाल ४३ वटामा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेको छ ।

मतगणना सम्पन्न भएका मध्ये एमाले भन्दा १०६ बढी पालिकामा काँग्रेसका उम्मेदवार बिजयी बनेका छन् ।

ताजा समाचार