विमान दुर्घटनामा ज्यान गुमाउने दुई जना धनगढीका

महेन्द्रनगर । तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा दुई जना धनगढीका रहेको पुष्टी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र ईन्द्रदेवी तामाङ्ग रहेका छन् । उनी दुबै जना श्रीमान् श्रीमाती हुन् । उनिहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम जाँद थिए ।

गलैचा उद्योगको संचालन गरी काठमाण्डौ बस्दै आएका पुरुषोत्तम गोलेले धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीमा शिद्वार्थ आधारभुत बिद्यालय बिद्यालय स्थापन गरेका थिए । समाजिक अगुवाका रुपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा निशुल्क रुपमा शिक्षक भएर सेवा समेत दिएका थिए । ‘फुलबारीको एच गाँउमा शिक्षाको बिकासमा उहाको निकै योगदान थियो’ शिद्वार्थ आधारभुत बिद्यालयका प्रधानाध्यापक तेजबहादुर पाख्रीनले भने–‘म पनि उहाकै शिक्ष हु ।’ उहा सो बिद्यालयका संस्थापक तथा शिक्षक समेत हुन् । अहिले यो बिद्यालयका प्रधानाध्यापक भएपनि उहाले स्थापना गरेको बिद्यालय र अध्यापन गराएका हुन् प्रधानाध्यापक तेजबहादुर पाख्रीनले भने ।

राजा शासनमा तत्कालिन फूलबारी गाविसको युवा संयोजक भएका पुरुषोत्तम गोलले यहा राजनीतिमा संकृय थिए । उनी आफु राजनीतिमा सकृय रहेका बेला फूलबारीमा बिभिन्न सामाजिक कार्यमा सकृय रहदै आएका स्थानीय मेहेश गोले तामाङ्गले बताए । बहुदल आए पनि उनी राजनीतिमा सकृय रहेका महेश बताउछन् । अहिले पुरुषोत्तम गोलेको निधनले तमाङ्ग बस्ती नै रहेको फूलबारीको एच गाँउ नै पुरै शोकमा डुबेको बताउछन् । सुदुरपत्र

ताजा समाचार