जनकपुरबाट भैरहवा जाँदै गरेको बस रोहिणी पुलबाट खस्दा ९ जनाको मृत्यु


महेन्द्रनगर । रुपन्देहीको परासी–भैरहवा सडकखण्डअन्तर्गत रहेको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा यात्रुवाहक बस खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस आज बिहान करिब साढे ४ बजे रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको रुपेन्देही प्रहरीले बताएका छन् ।

दुर्घटनामा बसमा सवार ३३ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ताजा समाचार