एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे

महेन्द्रनगर । नेकपा ९एकीकृत समाजवादी० बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चार जना मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेकी थिइन् ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ । उनीहरुलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भए पनि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०का मन्त्री भने यथावत छन् । तीनै पार्टीमा पनि हेरफेर गर्न दबाब परेको छ ।

ताजा समाचार