सरकारका ४२ उपलब्धि स् ६८ वर्षमा वृद्धभत्तादेखि किसानलाई पेन्सनसम्म

महेन्द्रनगर । सरकारले एक वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको छ ।

सरकारको उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएको छ ।

सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरुवातलाई पनि उपलब्धिमा राखेको छ ।

ताजा समाचार