काँग्रेसले मति परिवर्तन गरेको छैन : ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म काँग्रेसको मति परिवर्तन नभएको बताएका छन् ।

२५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई काँग्रेसले हत्या गरेको भन्दै विरोध गरेका हुन् । 

आजपनि एउटा देशभक्त,शान्तिपुर्ण रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने,  ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन ।

’जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस नेतृत्वको सरकारले गरेको ओलीको भनाइ छ । उनले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा थुप्रैमध्ये भिमदत्त पन्तलगायतका सहिदलाई सहिदको सम्मान दिने निर्णय गराएको बताए ।

ताजा समाचार