२२ दिने चुनावी अभियानलाई केन्द्रीय नेता जिल्ला पठाउँदै कांग्रेस

महेन्द्रनगर । नेपाली कांग्रेसले चुनावी अभियान सञ्चालन गर्ने भएको छ।

केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्न लागिएको हो।

कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार केन्द्रीय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेकोले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको सेतोपाटीलाई बताए।

आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो।

‘केन्द्रीय नेतालाई छिट्टै जिल्ला तोकेर पठाउँछौं,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन हुन्छ।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो।

कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

ताजा समाचार