काग्रेंस बैतडीबाट प्रतिनिधीसभाका लागी सभापति चन्द सहित एक दर्जन नेता सिफारिश

महेन्द्रनगर । आशन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी नेपाली काग्रेंस बैतडीले उमेदवार सिफारिश गरेको छ । नेपाली काग्रेंसको क्षेत्रिय बैठकले संघ र प्रदेशका लागी उमेदवारहरुको नाम सिफारिश गरेको हो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीबाट संघका लागी १३ जनाको नाम सिफारिश भएको छ । प्रत्यक्ष तर्फ ९ जना र ४ जना समानुपातिक गरी पार्टीले १३ जनाको नाम प्रतिनिधीसभाका लागी सिफारिश गरेको नेपाली काग्रेंस बैतडीका उप सभापति बिर बहादूर बिष्टले बताए ।

बिष्टका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, बिनय ध्वज चन्द, नरबहादुर चन्द, केशब बहादुर चन्द, उत्तर बहादुर ऐरको नाम सिफारिस भएको छ ।

यस्तै प्रताप सिंह ठगुन्ना, शुरेद्र ऐर ,दिनेश भट्ट, शिव राज भट्टको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको हो । यस्तै समानुपातिकतर्फ देवु ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डेय र नरेन्द्र प्रशाद भट्ट को नाम सिफारिस गरिएको उनले बताए ।

यस्तै प्रदेश सभाका लागि क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फबाट ८ जना र समानुपातिक तर्फ बाट १५ जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्षतर्फ १८ जना र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस भएको उप सभापति बिष्टले बताए ।

क्षेत्र नम्बर ‘क’ बाट प्रत्यक्षतर्फ बिर बहादुर विष्ट, हरिमोहन भण्डारी ,अम्मर विष्ट र विष्णुदत्त जोशी लगायतका अन्य ८ जना र समानुपातिक तर्फ लोक राज अवस्थी, जयन्ती कुवँर लगायतका १५ जना रहेका छन् ।

यसैगरि ‘ख’ बाट प्रत्यक्षतर्फ शिवराज भट्ट, तेज बहादुर चन्द , टेक राज जोशी ,पुर्णान्नद लेखक ,पूर्णचन्द्र लेखक ,ईश्वर भट्ट, घनस्याम भट्ट, नरेन्द्र दत्त जोशी लगयातका १८ जना र समानुपातिक तर्फ नरेन्द्र सिंह थापा, तृत बहादुर विष्ट ,कान्ता चन्द र कुस्मा चन्द लगायत २३ जनाको नाम सिफारिस भएको बताइएको छ ।

ताजा समाचार