क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन विद्यार्थी संगठनद्वारा निर्वाचन परिचालक कमिटी विस्तार

महेन्द्रनगर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि विद्यार्थी संगठनले निर्वाचन परिचालन कमिटि विस्तार गरेको छ ।

काँग्रेस निकट नेवि संघ र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त निर्वाचन परिचालन कमिटि विस्तार भएको हो ।

अखिल क्रान्तिकारी लालझाडीका नेता जोन रानाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी विस्तार भएको छ । उक्त निर्वाचन परिचालन कमिटिले क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारत्रय बिना मगर दिवान सिह विष्ट र बन्धु रानाका लागि मत माग्दै बहुमतले विजयी गराउने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार